विराटनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ


१३ पुस, विराटनगर। मोरङको विराटनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ निवासी ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्। प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट उनलाई नियन्त्रणमा लिइएको हो।

भारततर्फबाट आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको कार चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नगद ६ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अग्रवालमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको