मधेश प्रदेश सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता
५ पुस, जनकपुरधाम। मधेश प्रदेश सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
मधेश प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गर्दै सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको जानकारी गराएको छ।
नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा एमाले सांसद शारदा देवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन्।
यसैगरी, सात दलीय गठबन्धनका उम्मेदवार रामअशिष यादवले प्रस्तावकमा नेपाली कांग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो राखी उम्मेदवारी दर्ता गराएका हुन्।
मधेश प्रदेश सभामा भोलि सभामुख पदका लागि निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।









