२ पुस, जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
यसका लागि मुख्यमन्त्री यादवले आज (बुधबार) प्रदेश सभा सचिवलाई पत्र लेख्दै शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको बताइएको छ। अब शुक्रबार हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो सरकारको समर्थन पुष्टि गर्नेछन्।










