पर्सा। विभिन्न राजनीतिक दल परित्याग गरी आज पर्सा जिल्लामा सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टी परित्याग गरि जन अधिकार पार्टी मा प्रवेश गरेका छन्। एक विशेष कार्यक्रमबीच उनीहरू औपचारिक रूपमा पार्टीमा समाहित भएका हुन्।
पार्टी प्रवेश गर्ने प्रमुख नेताहरूमा गगन देव यादव (क्षेत्रीय अध्यक्ष-१), देव यादव (क्षेत्रीय अध्यक्ष-२), केदार पटेल (महानगर उपाध्यक्ष), लोकेश कर्ण (महानगर सचिव), सारदा देवी (महानगर महिला उपाध्यक्ष) लगायत रहेका छन्।
यसैगरी रेणु यादव, विजेन्द्र यादव, रामरति देवी, उदय यादव, धिरेन्द्र पंजियार, साजन सिंह, सीकेन्द्र राम, सञ्जय सिंह, सञ्जय सराफ, सञ्जय साह, राजन गुप्ता तथा विशाल कुमार गुप्ता ले पनि जन अधिकार पार्टी प्रवेश गरेका छन्। कार्यक्रममा विभिन्न पार्टीबाट आएका करिब १०० भन्दा बढी जागरूक युवा, महिला तथा सर्वसाधारण को उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जन अधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादव ले भने,“आज जनताको अधिकार, पहिचान र सुशासनको एजेन्डालाई विश्वास गर्दै विभिन्न दलका सचेत नागरिकहरू जन अधिकार पार्टीमा आवद्ध हुनु सुखद संकेत हो। पर्सामा देखिएको यो उत्साहले जन अधिकार पार्टी आगामी दिनमा जनताको बलियो राजनीतिक विकल्प बन्नेछ।”
अध्यक्ष यादवले थप्दै भने,“युवा, महिला र सचेत वर्गको बढ्दो सहभागिताले पार्टीलाई अझ सशक्त बनाएको छ। जनताको हक, अधिकार र सम्मानका लागि जन अधिकार पार्टी निरन्तर संघर्ष गर्नेछ।”
कार्यक्रममा पार्टी नेताहरूले नयाँ प्रवेशकर्तालाई स्वागत गर्दै संगठन विस्तारलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।












