काठमाडौं। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ। गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको आरोपसहित ७३ जना सांसदहरूले दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चको आदेशअनुसार अब मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ। विश्वासको मत पाएमा उनी पदमा निरन्तर रहनेछन्, तर नपाएमा अर्को विकल्प अघि बढाउनुपर्ने अदालतले निर्देश दिएको छ।
यस्तै, विश्वासको मत नआएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने आदेश पनि सर्वोच्चले दिएको छ।









