विराटनगरमा एमाले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा नेता पर्शुराम बस्नेतमाथि हातपात


विराटनगर। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट कार्य चलिरहेको क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ।

शनिबार पार्टी कार्यालय पाञ्चालीस्थित मतदानस्थल बाहिर इतर समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

विवादका कारण केही समय रोकिएको मतदान पुनः सुरु गरिएको छ।

एमाले स्रोतका अनुसार वडा नं. १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद सुरु भएको हो। सो क्रममा एकै व्यक्तिलाई पटक-पटक मतदानस्थलतर्फ ल्याइने गरेको भन्दै संस्थापन पक्षले आपत्ति जनाएपछि स्थिति तनाबपूर्ण बनेको थियो।

यही विवाद चर्किँदै जाँदा विनोद ढकाल समूहका कार्यकर्ताले नेता बस्नेतमाथि हातपात गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको