विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरमा धनुषयज्ञ भव्य रूपमा सम्पन्न


जनकपुरधाम। जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज ऐतिहासिक धनुषयज्ञ भव्य रूपमा सम्पन्न गरिएको छ।

धार्मिक मान्यतानुसार त्रेतायुगमा भगवान् रामले धनुषयज्ञमा भाग लिँदा कसैले उठाउन नसकेको शिवधनुष उचाली भाँच्नुभएको थियो। यही घटनापछि मिथिलाका राजा जनककी छोरी सीता (जानकी) सँग भगवान् रामको विवाह भएको उल्लेख रामायणमा पाइन्छ। सोही परम्परा अनुसार आज जनकपुरको ऐतिहासिक रंगभूमि मैदान (बाह्रबिघा) मा धनुषयज्ञ मनाइएको हो।

कार्यक्रममा रामका स्वरूपमा सजिएका बालबालिकाले प्रतीकात्मक रूपमा धनुष भाँचेर धनुषयज्ञ सम्पन्न गरेका थिए।

रामायणका अनुसार राजा जनकलाई शिवधनुष भगवान् परशुरामले प्रदान गरेका थिए। जनकले उक्त धनुष उचाल्न सक्ने वीरलाई मात्र छोरी सीता दिने संकल्पसहित धनुषयज्ञको आयोजना गरेका थिए। अनेकौं राजामहाराजाले पनि धाउन नसकेको धनुष अयोध्याका राजकुमार रामले उठाउनासाथ टुक्रा भएको उल्लेख छ। त्यसैपश्चात् राम-सीताको दैवी मिलन अर्थात् विवाह सम्पन्न भएको धार्मिक विश्वास रहिआएको छ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत दोस्रो दिन शुक्रबार फूलबारी लीला, र पहिलो दिन बिहीबार नगरदर्शन सम्पन्न गरिएको थियो।

भोलि चौथो दिन तिलकोत्सव, पाँचौँ दिन सोमबार राम-जानकी मटकोर, छैटौँ दिन मंगलबार मुख्य आकर्षण विवाहपञ्चमी, र सातौँ दिन बुधबार रामकलेवा गरी महोत्सव विधिवत् समापन गरिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको