बर्दिबासमा त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको नयाँ कार्यालय उद्घाटन


४ मंसिर, बर्दिबासमिथलेश सिंह। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु अन्तर्गत मधेश प्रदेशमा स्थापना गरिएको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको नयाँ कार्यालयको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको थियो।

बिहान ८:३० बजे सुरु भएको कार्यक्रममा सह-परीक्षा नियन्त्रक तथा कार्यालय प्रमुख रामहित यादवले अध्यक्षता गरेका थिए। समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्याल रहे।

कार्यक्रममा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्री, परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेल, केन्द्रिय परीक्षा सञ्चालन समितिका सदस्य शत्रुधन प्रसाद गुप्ता, तथा पब्लिक क्याम्पस संघ, मधेश प्रदेशका अध्यक्ष किशोर साह विशिष्ट अतिथिको रूपमा सहभागी थिए।

उद्घाटन समारोहमा महेन्द्र विन्देश्वरी, सुर्यनारायण सत्यनारायण मोरवैता, रामस्वरुप रामसागर, ठाकुरराम तथा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुखहरू, बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम मणि अधिकारी, स्थानीय प्रतिनिधि, धर्मशाला व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकारहरू समेत उपस्थित थिए।

कार्यक्रमको औपचारिक सुरुवात सह-प्राध्यापक राजेश्वर यादवले प्रस्तुत गरेको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि उपकुलपति प्रा. डा. दिपक अर्यालले करकलमद्वारा कार्यालय भवनको औपचारिक उद्घाटन गरे।

उद्घाटनपछि निजी तथा सामुदायिक क्याम्पसका प्रतिनिधि, पब्लिक क्याम्पस संघका प्रदेश तथा केन्द्रीय पदाधिकारी, परीक्षा नियन्त्रक प्रा. डा. पौडेल र नगरप्रमुख क्षेत्रीले आ-आफ्ना मन्तव्य राख्दै नयाँ कार्यालय स्थापना प्रदेशका विद्यार्थी, क्याम्पस तथा परीक्षा व्यवस्थापनका लागि महत्वपूर्ण भएको टिप्पणी गरे।

समारोहका अध्यक्ष सह-परीक्षा नियन्त्रक रामहित यादवले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको