बारामा तनाव : कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप


सिमरा। नेकपा (एमाले) महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न सिमरा विमानस्थल क्षेत्र आसपासमा जेन-जी समूहले प्रदर्शन गरेपछि बारामा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध सिर्जना गरेका छन्।

प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच भएको झडपपछि सिमरा बजारको अवस्था थप तनावग्रस्त बनेको छ। झडपकै क्रममा केही युवाहरूले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेटसमेत फुटाएका छन्।

विमानस्थलको मुख्य गेटमा केवल दुई जना प्रहरी मात्र तैनाथ रहेको र गेट धकेल्दै भित्र प्रवेश गर्न खोज्ने समूहलाई रोक्न प्रहरी असमर्थ रहेको स्रोतले जनाएको छ।

आज बाराको परवानीपुरमा आयोजित युवा संघ नेपालको कार्यक्रममा महासचिव पोखरेल र नेता बस्नेतसहितको टोली सहभागी हुने कार्यक्रम तय भएपछि जेन-जी समूहले विरोध प्रदर्शन सुरु गरेका थिए। नेताहरू बारा पुग्नुअघि नै सिमरा बजारमा स्थानीय प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप भएको थियो।

त्यसपछि आक्रोशित केही युवाहरू विमानस्थल आउन लागेका एमाले नेताहरूको भ्रमण रोक्न गेट फुटाउँदै भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ।

बढ्दो तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको