काठमाडौं, कार्तिक २० ।
जनमत पार्टी केन्द्रीय कार्यकारी समितिले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि तीन जिल्लामा जिल्ला इन्चार्ज तोकेको छ । पार्टी केन्द्रीय सचिवालय समितिको मिति २०८२ साल कार्तिक १६ गतेको निर्णयअनुसार आजदेखि लागू हुने गरी तीन जनालाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी दिइएको हो ।
पार्टीले नवपरासीका लागि सन्तोष गिरी, रुपन्देहीका लागि संजय मिश्र र कपिलवस्तुका लागि विश्वनाथ धवललाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् केन्द्रीय अनुशासन समिति संयोजक इन्जिनियर नरन्द्र प्रसाद चौधरीले हस्ताक्षरित विज्ञप्तिमा नव नियुक्त इन्चार्जहरूलाई पार्टीको नीति, योजना र कार्यक्रमलाई जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न शुभकामना व्यक्त गरिएको छ ।
विज्ञप्तिमा पार्टीले नयाँ जिम्मेवारी पाएका इन्चार्जहरूबाट संगठन सुदृढीकरण र पार्टीको जनआधार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास पनि प्रकट गरेको छ ।









