पर्सा – पर्सा क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न टोल-टोलमा ‘जेन्जी जनमत संघ/युवा दस्ता’ गठन कार्य तीव्र रूपमा जारी छ।
आज असोज २९ गते सखुवा प्रसौनी गाउँपालिका–६ मा जनमत पार्टीकी केन्द्रीय सदस्य मालती कुशवाहाको अध्यक्षतामा वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियानको प्रशिक्षण तथा शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका क्रममा २१ सदस्यीय टोल स्तरीय ‘जेन्जी जनमत संघ/युवा दस्ता’ गठन गरिएको छ।
यो अभियान पर्साका गाउँ-गाउँमा निरन्तर जारी रहने जनाइएको छ।
जेन्जी जनमत संघ–युवा दस्ता गठनका लागि इच्छुक युवाहरुलाई
- अध्यक्ष रोशन यादव (९८२९०३१२१०),
- कोषाध्यक्ष विष्णु सहनी (९८१२२२१९५८),
- सचिव उपेन्द्र कङ्कर (९७४६५६५४०३),
- सह–सचिव गोनु राउत (९८२२३८०९३६) वा
- सदस्य अर्जुन गिरी (९७४६५६४७६१)
सँग सम्पर्क गर्न आग्रह गरिएको छ।





















