महोत्तरी, असोज ९ –
जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिवास–३ को नियमित १६औँ शृङ्खला बिहीबार सम्पन्न भएको छ ।
मञ्चकी अध्यक्ष प्राची सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिलिसा कार्कीले सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष विद्या साहले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा जनता मावि बर्दिवासका विज्ञान, वाणिज्य र भेट संकायका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
शृङ्खलामा स्वेच्छा महतो, कृष्णप्रसाद पौडेल, ईशा काफ्ले, लेखनाथ श्रेष्ठ, अमरदिप कुशवाह, दिलिसा कार्की, रितु गिरी, होमबहादुर कार्की, रितिशा अर्याल, गुड्डी गिरी, प्राची सुवेदी, कञ्चन मगर र साहिललगायतले कविता तथा गजल वाचन गरेका थिए ।
कार्यक्रमका अतिथि शिक्षक रामचन्द्र पौडेलले मञ्चलाई विद्यार्थीहरूको साहित्यिक विकास र उन्नयनका लागि सबल माध्यमको रूपमा प्रस्तुत गर्दै यसलाई सबैको साझा मञ्च बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष प्राची सुवेदीले उपस्थित अतिथि, कार्यसमिति सदस्यहरू तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सक्रिय रूपमा शृङ्खलाहरू निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् ।










