
बर्दिवास, महोत्तरी ।
दुर्गा पूजा अवसरमा बर्दिवास–१ स्थित दुर्गा मन्दिरमा “श्री दुर्गा पूजनोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२” हुने भएको छ । श्री दुर्गा पूजा तयारी समिति, बर्दिवास–१ को आयोजनामा हुने सो कार्यक्रम असोज ६ गतेदेखि सुरु हुने छ ।
कार्यक्रमअन्तर्गत असोज ६ गते विहान ८:१५ बजे कलश यात्रा आयोजना गरिएको छ भने घटस्थापना देखि नवमीसम्म तथा दशमीका दिन विहान ७ बजे जमरा वितरण सहित दुर्गा पूजन सम्पन्न गरिनेछ ।
सांस्कृतिक कार्यक्रम सप्तमी, अष्टमी र भजन कृतन कार्यक्रम नवमीका दिन बेलुकी ७ बजेदेखि राति ९:३० बजेसम्म हुने भएको छ । कार्यक्रममा हास्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’, हास्य कलाकार सुबोध गौतम, गायक रुद्रसेन विश्वकर्मा, भजन गायक अर्जुन बाबु, जादुगर तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । साथै ‘लौ आयो ताजा खबर’ बेवारिसे लास नाटक, बालन भजन तथा बर्दिवास डान्स समूहको विशेष प्रस्तुति रहनेछ ।
आयोजक समितिका अनुसार यस वर्षको पूजनोत्सवमा राष्ट्रिय कलाकारसँगै स्थानीय कला–संस्कृतिको पनि भव्य प्रदर्शन गरिने छ ।










