काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेन-जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका युवाहरूसँग आइतबार काठमाडौंस्थित सिभिल अस्पतालमा भेटघाट गर्नुभएको छ ।
भेटका क्रममा अध्यक्ष राउतले देशमा परिवर्तन र समानताका लागि सडकमा उत्रिएका ती युवाहरूको साहस, बलिदान र अटुट आस्थाप्रति हार्दिक सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा नयाँ पुस्ताको संघर्ष र आकांक्षा नै भविष्यको मार्गनिर्देशक शक्ति हो । परिवर्तनका लागि उहाँहरूले गरेको योगदानलाई इतिहासले कहिल्यै बिर्सने छैन ।”
घाइतेहरूसँग भावुक भेटघाटका क्रममा अध्यक्ष राउतले पीडितहरूको उपचार तथा उचित न्याय सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको पुनः स्मरण गराउनुभयो । साथै उहाँले आन्दोलनले अघि सारेको आवाजलाई संस्थागत रुपमा सम्बोधन गर्न सबै तह–तप्काका मानिस एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
जनमत पार्टीका नेताहरूको उपस्थितिमा भएको उक्त भेटले घाइते र उनीहरूको परिवारमा मनोबल बढाएको परिवारजनहरूले बताएका छन् ।









