अन्ततः संसद विघटन गर्ने सहमति, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्दै


काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति गरेको स्रोतले जनाएको छ। यसअघि प्रमुख राजनीतिक दलहरू संसद विघटनको विपक्षमा उभिएका थिए।

सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ९ बजे कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी सपथ ग्रहण गराउने तयारी गरेका छन्।

स्रोतका अनुसार कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गरेर जिम्मेवारी सम्हाल्नेछिन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेकी हुन्।

यसअघि कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा दलहरू सहमत भए पनि जेनजी आन्दोलनले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनबारे भने स्पष्ट सहमति जुट्न सकेको थिएन। शीतल निवासमा भएको पछिल्लो छलफलमा सो विषयमा पनि विस्तृत बहस भएको बताइएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देशमार्फत नेताहरूको सम्पत्ति छानबिन गर्न आफूहरूलाई कुनै आपत्ति नभएको स्पष्ट पारेका छन्। उनले भने, “देशमा पारदर्शिता र जवाफदेहिताका लागि नेताहरूको सम्पत्ति पनि छानबिन हुनैपर्छ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको