गौशालाबाट १८ लाखभन्दा बढीको अवैध कपडासहित भारतीय नागरिक पक्राउ


५ भदौ, गौशाला, महोत्तरी – महोत्तरीको गौशाला बजारबाट प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध रेडिमेट कपडासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गौशालाले विशेष सूचनाका आधारमा गरेको छापामारीमा पश्चिम बंगाल, कोलकता घर भएका ३६ वर्षीय मनोज राय पक्राउ परेका हुन्। उनले गौशाला नगरपालिका – ५ स्थित सुबोध यादवको घर भाडामा लिएर बस्दै आएका थिए।

भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ता कपडासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सोही घरबाट प्रहरीले एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको