३१ साउन, जनकपुरधाम।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको लुन्ड्री कक्षमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका ४० वर्षीय भोला मेस्तर सोमबार बिहान लुन्ड्री कक्षभित्र फलामको पाइपमा प्लास्टिकको डोरीको सहायताले झुन्डिएको अवस्थामा भेटिएका अस्पताल स्रोतले जनाएको छ।
मेस्तर सोही अस्पतालमा कार्यरत कर्मचारी हुन्। लुन्ड्रीमै कार्यरत धनुषा, सबैला नगरपालिका–१ का मुकेश यादवले उनलाई झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।









