टिकटकमार्फत धार्मिक द्वेष फैलाएको आरोपमा इरसाद खान पक्राउ


जनकपुरधाम — जनकपुरका “गुण्डा” नामक टिक टक आईडी सञ्चालन गर्ने इरसाद खानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, खानले आफ्ना भिडियोहरूमा हिन्दू धर्मावलम्बीलाई लक्षित गरी आपत्तिजनक, छाडा तथा होच्याउने खालका वक्तव्य दिँदै धार्मिक द्वेष फैलाउने गतिविधि गर्दै आएका थिए।

जनकपुरधाम उपमहानगरपालिका – ५ निवासी २३ वर्षीय खान, समिम खानका छोरा हुन्। विदेशमा रहँदा समेत उनले यस्तै खालका भिडियो बनाउँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, उनलाई बिहीबार पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। हाल उनी जिल्ला प्रहरी कार्यालयको थुनामा छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको