गौशालामा क्रिकेट खेलाडी सम्मानित तथा स्थानीय खेलकुद विकासमा जोड : सांसद साह


१४ असार, गौशाला —

गौशाला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरूलाई “गौशाला मेयर कप २०८२” मा उल्लेखनीय प्रदर्शन गरेबापत एक विशेष सम्मान कार्यक्रममा नागरिक जनचेतना अभियान नेपालले सम्मान गरेको छ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई शनिबार वडा कार्यालय परिसरमा आयोजित भव्य समारोहमा प्रशंसा पत्रसहित सम्मान गरियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय भरत प्रसाद साहले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै स्थानीयस्तरमा यस्ता प्रतियोगिताले युवा प्रतिभालाई उजागर गर्ने धारणा राखे।

“खेलकुद शारीरिक, मानसिक र सामाजिक विकासको बलियो माध्यम हो। त्यसैले राज्य नीतिमा स्थानीय खेललाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “प्रदेशस्तरीय नीतिगत पहलमार्फत म स्थानीय खेल पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्छु।”

कार्यक्रममा वडा अध्यक्ष विरेन्द्र चौधरी, संस्थापक अध्यक्ष देवचन्द्र महतो, आयोजक संस्थाका अध्यक्ष गणेश साह, सचिव सञ्जय मण्डल, राष्ट्रिय खेलाडी फेकन महतोसहित विभिन्न सामाजिक व्यक्तित्व तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष साहले यस्ता गतिविधि युवामा ऊर्जा र उत्साह थप्ने माध्यम हुने भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको