गौशाला नगरपालिकाले सार्वजनिक गर्‍यो एक अर्ब बढीको बजेट


मिथलेश महतो
गौशाला, असार १० गते।

महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब एक लाख ५५ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिका कार्यालयमा आयोजित १४ औँ नगरसभामा नगरप्रमुख डा. दिपेन्द्र महतोले उक्त बजेट प्रस्तुत गरेका हुन्।

नगरप्रमुख डा. महतोका अनुसार बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ५० करोड २४ लाख रुपैयाँ, प्रदेश सरकारबाट २ करोड ५५ लाख १७ हजार, राजस्व बाँडफाँडमार्फत २० करोड ७ लाख ३८ हजार ३९२ रुपैयाँ र आन्तरिक स्रोतबाट २७ करोड १५ लाख १०८ रुपैयाँ रहेको छ।

नगरपालिकाले प्रस्तुत गरेको बजेट समावेशी, सन्तुलित र स्थानीय आवश्यकता अनुसारको भएको बताइएको छ। नगरप्रमुख डा. महतोले आगामी वर्ष विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक सेवामा बजेटको प्राथमिकता दिने बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको