खेलाडीहरूको आत्मबल बढाउन विष्णु खड्काको उदाहरणीय कर्म


बर्दिवास, महोत्तरी – बैशाख ३

बर्दिवास नगरपालिका–६ मा क्रियाशील जनशक्ति युवा क्लबका १७ जना खेलाडीलाई नयाँ फुटबल ड्रेस सेट प्रदान गर्दै समाजसेवी तथा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले स्थानीय खेलकुद प्रवर्द्धनमा पुनः सहयोगी भूमिका निर्वाह गरेका छन् ।

खेलाडीहरूको अनुरोधपछि ड्रेस वितरण गरिएको जानकारी दिँदै अध्यक्ष खड्काले भने, “सधैं जस्तो साथ दिने प्रयासस्वरूप यसपटक पनि ड्रेसको व्यवस्था गरेको हुँ । अब भने स्थानीय सरकार र वडालाई स्थायी खेलमैदान निर्माणतर्फ ध्यान दिन आग्रह गर्दछु । हतियारविना युद्ध जित्न सकिन्न, त्यसैगरी मैदानविना खेल पनि सम्भव हुँदैन । प्रत्येक वडामा खेलमैदान बनेमा भविष्यका खेलाडीहरूका लागि मार्ग प्रशस्त हुनेछ ।”

खेलकुदमार्फत युवालाई कुलत तथा मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउन सकिने धारणा राख्दै उनले खेलले शरीर मात्र होइन, राष्ट्रको इज्जत र गौरवसमेत उचो बनाउने बताए । यसअघि पनि उनले यही क्लबलाई जर्सी सहयोग गरेका थिए ।

नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै उनले वडास्तरीय कप प्रतियोगिता सफल होस् भन्ने कामना समेत व्यक्त गरे ।

क्लबका कप्तान विवेक पोखरेलले नयाँ जर्सीले टोलीमा नयाँ उत्साह थपेको भन्दै भने, “गत वर्षजस्तै यसपटक पनि विष्णु सरको सहयोग पाउँदा हर्षित छौँ । यो निरन्तरता भविष्यमा पनि रहने आशा लिएका छौँ ।”

टिम मेनेजर शिवराज खपाङ्गीले अध्यक्ष खड्काप्रतिको आभार प्रकट गर्दै भने, “उहाँको मायाले हाम्रो आत्मबल अझ बढेको छ । हामी अझ समर्पित भएर अगाडि बढ्नेछौँ।”

स्थानीय युवालाई खेलतर्फ प्रेरित गर्न अध्यक्ष खड्काको यो कदम उदाहरणीय बन्नेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको