गौतम होटलमा संगीत, नृत्य र नयाँ वर्षको धमाका


जीवनराज दाहाल
बर्दिवास, महोत्तरी – ३० चैत ।

धनुषाको लालगढमा अवस्थित गौतम होटल बर्दिवास प्रा.लि.ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा विशेष सांगीतिक साँझ आयोजना गर्न लागेको छ । ‘न्यू इयर इभेन्ट २०८२’ शीर्षकमा सञ्चालन हुने यो कार्यक्रम २०८१ सालको चैत ३१ गते आइतबार साँझ ६ बजेदेखि राति १२ बजेसम्म चल्नेछ ।

कार्यक्रममा लोकप्रिय गायक–गायिका र नृत्य कलाकारहरू प्रस्तुति दिन तयार छन् । कार्यक्रमको सञ्चालन सोनु निरौलाले गर्नेछिन् भने चर्चित गायिका बिन्दु परियारको सुमधुर प्रस्तुति प्रमुख आकर्षण रहनेछ । साथै, कृष्ण क्षेत्रीको स्ट्रीट परफर्मेन्स, रमेश मेलोडी र देवेन्द्र कार्कीको गायन प्रस्तुतिले पनि माहोललाई रंगीन बनाउनेछ ।

नृत्यतर्फ चर्चित नृत्याङ्गना हसीना र रचना आफ्नो प्रस्तुति लिएर मञ्चमा उत्रिनेछन् । कार्यक्रममा लाइभ म्युजिक, नृत्य र रमाइलो वातावरण विशेष आकर्षणको रूपमा रहनेछ ।

उक्त कार्यक्रम टुबोर्ग बियरको मुख्य प्रायोजनमा आयोजना हुँदैछ ।

लालगढको गौतम होटलमा अन्य स्थानीय होटलहरूजस्तै किफायती दरमा विभिन्न स्वादिला परिकार उपलब्ध छन् । कार्यक्रममा सहभागी दर्शक–श्रोताले छुटसहितका परिकारको स्वाद लिनुका साथै नि:शुल्क मनोरञ्जनको मजा समेत लिन सक्नेछन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको