जनता साहित्यिक मञ्च गौरीडाँडाको १०औँ शृङ्खला नयाँ समिति चयन गर्दै सम्पन्न


महोत्तरी, बर्दिबास – चैत्र २९ ।
जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिबास–३, महोत्तरीको १०औँ शृङ्खला यही २०८१ साल चैत्र २९ गते शुक्रबारका दिन सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

कार्यक्रमको सञ्चालन सचिव ममता खड्काले गरेकी थिइन् भने उपाध्यक्ष राजेश भण्डारीले विशिष्ट अतिथि, अतिथि तथा सम्पूर्ण उपस्थितजनलाई शब्दद्वारा स्वागत गरेका थिए ।

मञ्चका विशेष पदाधिकारीहरू कक्षा १२ मा अध्यनरत रहेकाले उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने भएकाले शृङ्खलाको निरन्तरता सुनिश्चित गर्न नयाँ समिति चयन गरिएको जनाइएको छ ।

नवगठित समिति निम्नानुसार छ:

अध्यक्ष: प्राची सुवेदी
उपाध्यक्ष: विद्या साह
सचिव: दिलिसा कार्की
कोषाध्यक्ष: रितु गिरी
सदस्यहरू: सञ्जु महतो, सबिता विश्वकर्मा, ललित महतो, जिज्ञासा बैजु, रितिशा अर्याल, ललित यादव, नेहा महतो, दिपिका बराल, स्वेच्छा महतो, सरिता दास, मेघा सिंह, प्रिन्सी मण्डल, गुड्डी गिरी

नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूबाट थप सदस्यहरू समावेश गरिने जानकारी समेत प्राप्त भएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अतिथि शिक्षक रामचन्द्र पौडेलले आफू जहाँ भए पनि साहित्य सिर्जनामा लागिरहने प्रतिबद्धता जनाउँदै नयाँ समितिले अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, विशिष्ट अतिथि जनता मावि, गौरीडाँडाका सहायक प्रअ सरिता कार्की र महेश ढुङ्गानाले मञ्चको निरन्तर सक्रियता र योगदानप्रति धन्यवाद दिँदै नयाँ समितिले अझ रचनात्मक कार्यक्रमहरू ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष सुप्रिया बस्नेतले आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, समिति सदस्य, शिक्षक र विद्यालय प्रशासनप्रति आभार व्यक्त गरिन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको