१३ माघ , बर्दिबास । भूमि आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले आईतबार पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको जलेश्वरस्थित सभाहलमा आयोजित एक समारोहकाबीच अध्यक्ष महतोले पदभार ग्रहण गरेका हुन् । उनको कार्यकक्ष महोत्तरीको नापी कार्यालयको भवनमा रहेको छ ।
महोत्तरीका लागि आयोगको अध्यक्षमा नियुक्त भएका महतो बर्दिवास नगरपालका वडा नं। ८ का स्थायी बासिन्दा हुन् । उनले यस अघि विभिन्न संघसंस्थामा रहि कार्य सम्पादन गरेको लामो कार्य अनुभव रहेको छ ।
सत्तारुढ दल काङ्ग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् ।
भूमिहीन दलित मिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भूमि समस्या समाधान आयोगले गत कात्तिक १३ गते नेपाल सरकारको मन्त्रीर्पारपद बैठकले निर्णय गरेर आयोग गठन गरेको हो । यो विधान प्रदत अधिकार र भूमि सम्बन्धी आठौ संशोधन रहेको छ । नेपालमा भमिहीन दलित, मिहीन मुकम्वामी अव्यस्थित बसोवासीको व्यवस्थापनको विषय राज्यको प्रमुख मुद्दा रहको छ ।

यसअघि विगतका आयोगले महोत्तरी जिल्लाका १५ वटै पालिकामा काम गरिसकेका छन् । आयोगको अभिलेखमा प्रविष्ट भएको विवरण अनुसार महोत्तरीमा १ हजार ६ सय ७४ मिहीन दलितहरु हजार सय ११ मिनाहारमयं ९७ अव्यवस्थिन चमावासीहरको गरी जम्मा १०हजारको हराहारीमा रहेका छन् । हालसम्म लालपूर्जा वितरण भएकोमा बंदिवास नगरपालिका वडा न २ को १५ घर भूमिहीन दलिनहरु, ३८ घर भूमिहीन सुकुम्वासीहरु गरी जम्मा ५३ घरपरिवारलाई जग्गाधनी पूजां वितरण गरेको अभिलेखमा उल्लेख रहेको छ । यसैलाई आधार मानेर आयोगले काम अगाडि बढाउने अध्यक्ष महतोले प्रतिवद्धता जनाएका छन् ।

छुट तथा बाँकी रहेको पालिकाहरुका लागि एक पटकको लागि निवेदन आव्हान गरि आयोगमा आएका फारामहरुको छानाबिन गरेर काम अगाडि बढाउने अध्यक्ष महतोको सो क्रममा धारणा राखेका थिए । यसरी प्रक्रिया पुगेका घरधुरीलाई जग्गाधनी पूर्जा वितरणको तयारीका काम अगाडि बढाउने महतोले जनाए ।



















