डीप डायमण्ड फिटनेस परिवारलाई सम्मान


बर्दिवास । महोत्तरीको बर्दिवासमा संचालित डीप डायमण्ड फिटनेस सेन्टरले जिमगर्ने प्रशिक्षार्थीलाइ सम्मान गरेको छ । बर्दिवास ३ स्थित कालापानी पिकनिक पार्कमा शनिवार एक कार्यक्रम गरेर एकेडेमी मार्फत फिटनेस गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको हो ।
फिटनेस क्षेत्रलाई वैज्ञानिक र व्यवस्थित किसिमले शारीरीक सुगठन आर्कसक बनाउन र दक्ष फिटनेस प्रशिक्षक उत्पादन गर्ने उदेश्ले सम्मान गरीएको डीप डायमण्ड फिटनेसका सञ्चालक अनिस दासले बताए ।  फिटनेस क्षेत्रमा शारीरीक ब्याम गर्ने प्रशिक्षार्थीलाइ उनीहरूको शारीरीक सुगठनको उच्च मुल्याङ्कनगर्दै उनिहरुको  योगदानको कदर गरी सम्मान गरिएको बताईएको छ ।
जिम गर्ने बानीको बिकासले लागु औषधको दुव्र्यसनी बाट जोगाउने भएकाले समेत यो युवा पिढिकालागि फाइदाजनक भएको उनको भनाई रहेको छ । संचालक दासका अनुसार बिगतमा लागु ओषधको  दलदलमा फसेर बिहिर निस्कििएका ब्यक्तिहरु समेत यो जिमखानामा उल्लेखनिय मात्रामा भर्ना भएको भन्दै उनले भने, “जिम र एरोविकगर्ने व्यक्तिहरूमा लागूऔषधको प्रयोग विस्तारै हटेको देखिएको छ  । उनका अनुसार युवा पिढीका केटाहरू मोटाउने र केटीहरूदुब्लाउने लक्षय लिएर जिमगर्न आउने गर्दछन्।
दासले ७५ प्रतिशत युवा पिढिमा जिमगर्दा सकारात्मक नतिजा आएको पनि बताए । उनले अहिले युवापुस्ता फेसनकैलागि समेत जिम गर्ने गरेको जनाए।
शरीरीक ब्यामले कतिपय रोगहरुलाई समेत फाईदाजनक समेत रहेकोले रोग निको पार्नकालागि समेत जिमखाना आयने गरेको प्रस्ट पारे ।
यसैगरी केहीदिन अगाडि देखि जिमखाना आउन थालेको धनुषाको मिथिला नगरपालका ढल्केवरका होटल संचालक प्रमोद साहले आफूलाई फिट बनाउन र साथीहरूसँग भेलाहुनकालागी जिम सुरु गरेको बताए ।
साहले भने, “जिममा आउन सुरु गरेदेखि साथीहरूसँग पनि भेट हुने र आफू फेसनेबल हुने आफ्नो स्वास्थ्यकालागि फाइदाका साथै व्यक्तित्वको विकास र रमाइलो पनिहुने भएकाले जिमखाना जान सुरु गरेको उनको अनुभव छ ।
यसैबिच उक्त पिकनिक कार्यक्रममा आयोजित मैत्रीपूर्ण मटका फोर कार्यक्रममा बविता महराले प्रथम स्थान हासिल गरेको छिन ।
जिमगर्नका फाइदाहरू धेरै छन्, जसले शरीरलाई स्वस्थ, तन्दु?स्त र मानसिक रूपमा बलियो बनाउन मद्दत गर्छ। जिमको फाइदाहरूलाई यहाँ प्रस्तुत गरिएको छः
१.शारीरिक तन्दु?स्ती
नियमितव्यायामले शरीरलाई बलियो, सक्रिय र फुर्तिलो बनाउँछ। यो मोटोपन नियन्त्रण गर्न र शरीरको सन्तुलन बनाइराख्न मद्दत गर्दछ।
२.मांसपेशीविकास
जिममा गरिएको व्यायामले मांसपेशीहरूलाई बलियो बनाउँछ, जसले शरीरलाई राम्रो आकार दिन्छ।
३.मुटुको स्वास्थ्य सुधार
कार्डियो एक्सरसाइजले मुटुको स्वास्थ्यलाई सुधार गर्छ, रगतको प्रवाहलाई बढाउँछ र हृदयघात जस्ता समस्याकमगर्न मद्दत गर्छ।
३.तनाव कम गर्छ
व्यायामले शरीरमा ‘एन्डोर्फिन’नामकहार्मोन उत्पादन गर्छ, जसले मानसिकतनाव र चिन्तालाई कम गर्छ।
४.प्रतिरक्षा प्रणाली सुधार
नियमितव्यायामले शरीरको रोगप्रतिरोधी क्षमता (इम्युनिटी) बढाउँछ, जसले विभिन्न रोगहरूसँग लड्न मद्दत गर्छ।
५.शरीरको ऊर्जा स्तर बढ्छ
जिममा गरिएको व्यायामले थकान कमगर्न र शरीरलाई ऊर्जावान बनाउन मद्दत गर्दछ।
६.तौल नियन्त्रण
जिममा गरिने व्यायाम र तौल उठाउने अभ्यासले शरीरको अतिरिक्ततौल घटाउन मद्दत गर्छ।
७.आत्मविश्वास बढ्छ
स्वस्थ र फिट शरीरले आत्मविश्वासमा वृद्धि गर्छ।
८बुढ्यौली रोकथाम
नियमित व्यायामले छालालाई स्वस्थ राख्छ र समयभन्दापहिले आउने बुढ्यौलीको लक्षण कम गर्छ।
९.दैनिकजीवनमा सक्रियता
जिमले मानिसलाई दैनिक जीवनक ाकामहरू सजिलै गर्नकालागि शारीरिक र मानसिक रूपमा सक्षम बनाउँछ।
निष्कर्ष
जिमगर्ने बानीले दीर्घकालीन रूपमा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। यो स्वस्थ जीवनशैली अपनाउन महत्वपूर्ण छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको