वर्दिवास नगरक्षेत्रका सिर्जनशिल युवाहरुको सोँचवाट संचालित सवैका लागि हामि संस्थाले शनिवारका दिन आफ्नो दोश्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रवि निरौलाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्यामन्त्रि गिरीराजमणि पोखरेल रहनुभएको थियो । उक्त कार्यक्रममा वर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु वहादुर खड्का, पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता वराल, नगर पत्रकार संजाल वर्दिवासका अध्यक्ष गोपाल वराल लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभाको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गिरीराजमणि पोखरेलले संस्थाको नाम गहन र महत्वपुर्ण रहेको, समाजले मागेको कुरा र मुद्दालाई संस्थाले पग्डिएको र आम मानिसहरु आफ्नै जिविकोपार्जनकालागी खटिरहेको समयमा पनि संस्थाका पदाधिकारी तथा सदस्यहरुले सामाजिक उत्तरदायित्व गहन रुपमा वहन गरीरहेकोमा खुशि व्यक्त गरे । साथै आफ्नो अत्यन्त व्यस्त कार्यतालिकाको वावजुद आउन नभ्याउने हो कि भन्ने लागेको थियो ।
यदि तेसो भएको भए आफ्नो जिवनको ठुलो अवसर गुमाउने पो रहेछु भनेर थकथकी लाग्ने र चुकेको अनुभव हुने समेत वताए । लागुऔषध मुक्त वर्दिबास वनाउन, चुरे संरक्षणको कार्यमा लाग्न, एआई र सुचना प्रविधिलाई शिक्षामा मात्र प्रयोग नगरी कृषि र किसानहरुकालागि अधिकतम हितमा प्रयोग गर्ने कार्य तर्फ लाग्न संस्थालाई सुझाव दिए । साथै चुनौती र सम्भावनाका विचमा रहेर च्याउँ सरी उम्रिएका गैरसरकारी संस्था नवनि समुदायको विश्वास जित्नेगरी कार्य गर्ने संस्था वनेको हेर्ने ईच्छा जाहेर गरे ।
कार्यक्रममा संस्थाले वर्दिबास क्षेत्रभित्र सामाजिक सेवामा अहोरात्र खटिरहने व्यक्तित्वको सम्मान कार्यक्रमको शुभारम्भ गरेको छ जस्मा यस वर्षको वर्ष व्यक्ति वर्दिवास नगरपालिका वडा नंं. १ निवासि श्री कृष्ण प्रसाद देवकोटालाई वहाले सर्पदंश उपचार केन्द्रको स्थापना र रातु मोक्षधाम निर्माणमा गर्नुभएको अतुलनिय योगदानको कदर गरी बर्दिबास वर्षव्यक्ति २०८० वाट सम्मान गरीएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम तथा संस्थाका अध्यक्ष निरौलाले अघिल्लो पुस्ताले देशमा ल्याएको परीवर्तनको उच्च सम्मान गर्दै तेसैको जगमा समाज परिवर्तन सामाजिक हित र सामाजिक न्यायमा आजको युवापुस्ता लाग्नु पर्ने विचार व्यक्त गर्दै अवको वाटोमा नेतालाई गालि गर्ने युवाँ भन्दा पनि जिम्मेवारी वहन गरी कर्तव्य पुरा गर्ने कर्मनिष्ठ युवाहरुको साथमा संस्थालाई अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे । सबैका लागि हामीले बर्दिबास बर्ष ब्यक्ति यस क्षेत्रमा बिशिष्ट योगदान दिने ब्यक्तिलाई हरेक साल प्रदान गर्ने समेत निरौला ले बताए ।



















