बर्दिवास नगरलाई बालमैत्री बनाउँछौे ः मेयर क्षेत्री


पुनिता कुमारी , बर्दिवास ।बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले बर्दिवास नगरपालिकालाई बालमैत्री नगरपालिका बनाइने बताएका छन् । ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा बर्दिवासमा भएको ‘बाल श्रम र बाल बिबाहविरुद्धको ¥याली’लाई सम्वोधन गर्दै मेयर क्षेत्रीले भने ‘बर्दिवासलाई बालमैत्री नमूना नगर बनाउने लक्ष्यकासाथ नगरपालिका अघि बढेको छ ।’‘बालबालिकामा लगानी, सुनिश्चित भविश्यको थालनी’ मुख्य नारा भएको ६० औ राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा नगरका विविन्न बालक्लबहरूले नगरपालिकाको सहकार्यमा आयोजना गरेको सो ¥यालीमा मेयर क्षेत्रीले बर्दिवास नगरपालिकाले बालबालिकाको क्षेत्रमा यथेष्ट बजेट छुट्ट्याएको जानकारी दिए । उनले भने ‘बर्दिवास नगर बाल बिबाह र बाल श्रम मुक्त गलभग भइसकेको छ । अब औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।’ बाल बिबाह र बाल श्रमविरुद्ध बर्दिवासले अघिल्ला वर्षहरूमा पनि विभिन्न कार्यक्रम भएको र त्यसको परिणाम पनि सकारात्मक भएको बताए । बाल श्रम र बाल बिबाहविरुद्ध सचेतनानै पहिलो कार्य भएकाले त्यसका लागि बालबालिकालाई पहिले र उनीहरूका अभिभावकलाई बालबालिकामार्फतनै सचेत बनाउन नगरपालिकाकै सहयोग तथा प्रोत्साहनमा बालक्लवहरू गठन गरिएको जानकारी दिए । नगरपालिका कार्यालयमा ‘महिला तथा बालबालिका इकाई’ रहेको र सोही इकाई मार्फत बालबालिकाका क्षेत्रमा नगरभित्र धेरै काम भएको जानकारी दिदैं मेयर क्षेत्रीले भने ‘सो इकाईसंग नगरपालिका नेतृत्वले निरन्तर सम्वाद र प्रगति विवरण हेर्ने गरेको छ ।’ उनले बालबालिकाहरु कुपोषणको सिकार भइरहेकोमा नगरपालिकाको ध्यानकर्षण भएको बताउँदै अझै पनि विद्यालय जानबाट केही बालबालिका वञ्चित रहेका छन् भने उनीहरूलाई विद्यालय जाने वातावरण मिलाउन नगरपालिका तत्पर रहेको जानकारी दिए । गरिबीकका कारण विद्यालय जानबाट बञ्चित भएको भन्ने वहाना बनाउने ठाउँ नगरपालिकाले राखेको छैन । विपन्न नगरवासीलाई रोजगारी उपलब्ध गराउन विभिन्न सिपमूलक कार्यक्रम नगरले सञ्चालन गरेको उहाँको दावी थियो ।नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको