तनहुँ , साउन ४ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट बन्दीपुर–४ सल्थानका जीतबहादुर आचामीका ११ वर्षीय छोरा सुन्दर आचामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राति सवा ८ बजे गाईगोठबाट घर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । उनको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।










