उपप्रधानमन्त्री सिंह र भारतीय राजदूत बिच भेटवार्ता


काठमाडौँ, साउन १ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्री सिंहको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक हितका विविध विषयमा छलफल भएको थियो ।

मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।

भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशको सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार नाकाबारे छलफल भएको सचिव गेलालले जानकारी दिए । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको