आज समाजवादी मोर्चाको बैठक बस्दै


काठमाडौँ, साउन १ । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज अपराह्न ४ बजे बैठक बस्दैछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । समाजवादी मोर्चाको भावी रणनीति र कार्ययोजना पनि तय हुने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।

यसअघि समावेश भएको जनता समाजवादी पार्टी नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले यसअघि नै समाजवादी मोर्चाको कुनै औचित्य नरहेको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको