कोलम्बिले उरूग्वेलाई गर्‍यो १–० ले पराजित , अर्जेन्टिनासँग उपाधि भिडन्त


असार २७ । कोपा अमेरिका २०२४ को फाइनलमा कोलम्बिया पुगेको छ ।

बिहान भएको खेलमा उरूग्वेविरूद्ध १–० ले हराउँदै कोलम्बिया फाइनलमा प्रवेश गरेको हो ।

३९ औं मिनेटमा जेफरसन लेर्माले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ड्यानियल मुनेज दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि दोस्रो हाफअघि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफमा उरुग्वेले वर्चस्व कायम राखेपनि गोल गर्न सकेन । ६७औं मिनेटमा उरुग्वेले लुइस स्वारेजलाई मैदान उतारेको थियो।

स्वारेजको प्रहार क्रस बारमा लागेर फर्किएको थियो।

उरूग्वेलाई १० खेलाडीले गोल गर्नबाट रोके र गोल गर्ने दुई उत्कृष्ट अवसरसमेत सिर्जना गरेको थियो ।

दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि कोलम्बिया फाइनलमा प्रवेश गरेको हो ।

कोलम्बिया सोमबार उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको