बर्दिवास, असार २५ । विद्यालयको आर्थिक कारोबार ठप्प भएपछि त्रैमासिक परीक्षा सञ्चालन गर्न कठिन भएको थियो ।
एक समाजसेवीले महोत्तरीको एक विद्यालयलाई परीक्षा कपि सहयोग गरेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विधालय पशुपतिनाथ बनरझुल्लामा परीक्षा सञ्चालन गर्न समाजसेवी तथा युवा नेता विजयकुमार सिंहले सहयोग गरेका थिए ।
वडा अध्यक्ष घुरण महतोले विद्यालयको बैंक खाता रोक्का गरेपछि विद्यालयको आर्थिक कारोबार ठप्प भएको छ ।
समाजसेवी सिंहले परीक्षा सञ्चालनलाई सहज बनाउन परीक्षा परीक्षा सञ्चालनलाई मंगलवार विद्यालयलाई परीक्षा कपि हस्तान्तरण गरेका छन् ।
बालबालिकाको हितका लागि विद्यालयमा राजनीति गर्नुपर्छ । विश्वविद्यालयलाई हित पुग्ने गरि राजनीति गर्नु पाप हो ।
मानव सेवामा जोड दिनु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘वडाध्य्क्ष र प्रधानाध्यापक बीचको लडाइमा भन्दा विद्यालयको विकासमा ध्यान दिनुपर्छ ।
यता विद्यालयका प्रधानाध्यापक भोजराज साहले बताए, विद्यालय आर्थिक संकटमा परेका बेला सहयोग गरेर विद्यालयलाई सहयोग पुगेको बताए ।









