बिबेक महतो , २२ असार । मधेसका मुख्यमन्त्री शतिश सिंहले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट ६७ सांसदको विश्वासको मत प्राप्त गरेका छन् ।
सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका १०७ सांसदहरूमध्ये ६७ सांसदले उनको पक्षमा मतदान गरेको बताए ।
त्यस्तै उनको विपक्षमा ३४ सांसदले मतदान गरेको प्रदेश सभामुखको कार्यालयले जनाएको छ । माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले विश्वासको मतको विपक्षमा मतदान गरेको छ भने काँग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेका छन् ।
यससँगै जसपा नेपालले पनि सरकारविरुद्ध मतदान गरेको थियो । गत जेठ २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त भएका थिए ।










