बुटवल, असार २१ । एमालेले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न नेकपा एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेका सबै मन्त्रीले राजीनामा दिएर अब अब एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचन बिरामी भएर उपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएपछि माओवादी नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा परेको थियो ।









