सरकारलाई दिएको समर्थन नेकपा एमालेले आजै फिर्ता लिने


काठमाडौं, आसार १९ । सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिने तयारी गरेको छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

संसदका दुई ठूला दल एकता गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर सहयोग गर्नु राम्रो कुरा हो ।

उहाँको अंक पर्याप्त नभएकाले सरकार चल्दैन’ एमालेका प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने आजै समर्थन फिर्ता लिन्छौँ । हाम्रा मन्त्रीहरू फर्कनु हुन्छ ।

दिउँसो ३ बजेपछि समर्थन फिर्ता लिने र मन्त्रीको राजीनामाबारे निर्णय हुने उनले बताए । सहमति अनुसार पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् ।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको