रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


पुनिता कुमारी , १९ असार  । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने रास्वपा सांसद निशा डाँगीले बताइन् ।

कांग्रेस–एमाले सत्ता गठबन्धनपछि सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितको साझेदार राप्रपा पनि दबाबमा छ । यद्यपि, माओवादी केन्द्र र राप्रपा दुवैले तत्काल राजीनामा नदिने रणनीति अपनाएका छन् ।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने र गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चारजना मन्त्री छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । त्यस्तै उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको