महोत्तरी, असार १३ । महोत्तरीमा हिजो देवरले भाउजुलाई कोदालो प्रहार गरी हत्या गरेका छन् ।
घर बनाउने विषयमा विवाद हुँदा देवरले भाउजुलाई कोदालो प्रहार गरेका थिए। कोदालो लागेर गम्भीर घाइते भएकी भाउजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयस्वारका अनुसार औरही नगरपालिका–४ कबिलासा निवासी अन्दाजी ४५ वर्षीय रामरतन यादवले आफ्नी ५० वर्षीया भाउजु रितादेवी यादवको टाउकोमा कोदालोले प्रहार गरेपछि उनको मृत्यु भएको हो ।
कोदालोको हिकाउँर्दा गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारका लागि रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
कोदालो हान्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । मृतक रीतादेवीका श्रीमानको यसअघि नै निधन भइसकेको छ । उनि दुई छोरासंगै बस्दै आएकी थिइन् । शिशीष न्युज









