देवानगञ्ज, असार ९ । देवानगञ्ज गाउँपालिका वडा नं. ६ का बासिन्दा अर्जुन मेहताले आफ्नी प्रेमिका सुशीलाले धोका दिएको भन्दै फेसबुकमा स्टेटस लेखेको केही घण्टामै आत्महत्या गरेका छन् ।
उनका अनुसार, मेरो र सुशीलाको विवाह सुशीलाको परिवारले गोप्य रुपमा गराएको थियो ।
विवाहको केही दिनपछि सुशीला र सुशीलाको परिवारले विवाहको खर्च तिरेर गाउँ समाजको परम्पराअनुसार विवाह गरे नत्र जबरजस्ती मुद्दा हाल्छु भनी सम्झौता गर्न थाले । र त्यसपछि साइबर क्राइम मुद्दा पनि गरे र पनि चित बुझेन। मलाई सधैं यातना हुन थाल्यो, अब म त्यस्तो दबाबमा बाँच्न सक्दिन, र म आफूलाई धेरै नियन्त्रण गर्न चाहे तर म सकिन, ‘उनले भने’।
मेहता जिल्ला अस्पताल धनकुटामा कार्यरत छन् ।














