काठमाडौं, असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी क्यानडाको फ्रेन्चाइज लिग खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा जुलाई २५ बाट सुरु हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
दीपेन्द्र र सन्दीप एउटै टिममा छन् । तिनीहरू दुवै भ्यानकुभर नाइट्स द्वारा हस्ताक्षर गरिएको थियो।
दीपेन्द्रले लिगको अघिल्लो संस्करणमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। उनी आवद्ध टिमले त्यतिबेला लिगको उपाधि समेत जितेको थियो।
सन्दीपले मोन्ट्रियल टाइगर्स र टोरोन्टबाट उक्त लिग खेलिसकेका छन्।
दीपेन्द्रसिंह ऐरी र सन्दीपको टिममा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवान पनि छन् । यस्तै टोलीमा दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियस पनि छन् ।
कप्तान रोहित पौडेल टोरन्टो नेशनलमा अनुबन्धित भएका छन्। उनले पहिलो पटक देशबाहिर फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।
रोहितको टिममा शाहिन अफ्रिदी, कोलिन म्युन्रो, रसी भ्यान देर दुशेन, साद बिन जाफर, निकोलश किर्टन, जुनेद सिद्धिकी र अन्य छन्।










