काठमाडौं, असार ७ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइ असार १६ गते पुनः गर्ने भएको छ ।
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
शुक्रबार निवेदकका वकिलले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १६ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको हो ।









