सुपर ८ अन्तर्गतको पहिलो खेलमा इन्डिजमाथि इंग्ल्यान्डको सजिलो जित


असार ६ । टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको पहिलो खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इङ्ल्यान्डले १७.३ ओभरमा २ विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा गरेको हो ।

ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित इनिङ्स खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान दिए ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले एक एक विकेट लिए ।

वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६-३६ रन बनाए भने ब्रेन्डन किङले २३ रन बनाए । यस्तै, शेरफेन रदरफोर्ड २८ रन र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इङ्ल्यान्डका जोफ्रा आर्चर, मोइन अली, आदिल रशिद र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।

जारी विश्वकपमा वेस्ट इन्डिजको यो पहिलो हार हो । समूह चरणमा चारै खेलमा पराजित रहँदै सुपर–८ मा पुगेको थियो ।

सुपर ८ को समूह २ मा इंग्ल्याण्ड र वेस्ट इन्डिज रहेका छन् । यो समूहका अन्य दुई टोली अमेरिका र दक्षिण अफ्रिका छन् । दक्षिण अफ्रिकाको खेल भोलि शुक्रबार इङ्गल्याण्ड सँग राति ८:१५ मा सुरु हुनेछ, भने अमेरिकाको खेल शनिवार वेस्ट इन्डिज सँग हुनेछ ।

आज राति ८:१५मा अफगानिस्तान र भारत भिड्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको