मजदुरको आन्दोलनले पेट्रोल पम्पमा पेट्रोलको अभाव


काठमाडौं, असार ३ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । त्यसैले आइतबारदेखि राजधानीका निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलिम मजदुरले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुसँग बिक्री गर्न पेट्रोल नभएको हो । धेरैजसो निजी पम्पले पेट्रोल नभएको सूचना टाँगेका छन् । उनले मजदुरको मागलाई लिएर अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए । ‘हामी मन्त्रालयमा छौं, केही समयपछि छलफल सुरु हुन्छ,’ उनले भने ।

यसअघि मजदुरहरुले सबै ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् । स्वरोजगारको हकमा मात्र लागू हुने दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न माग गरिएको छ ।

टेम्प्रेचरको उचित व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोष आवद्ध गरिनु पर्ने, ५० लिटर भन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत संघले ३२ जेठमा कालोपट्टी बाँध्ने, १ असारका दिन गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र २ असारमा पूर्ण रुपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गर्ने गरी तय गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको