कोशी प्रदेश : सरकारको नीति तथा कार्यक्रममा कांग्रेस सहभागी हुने


मोरङ, जेठ २१ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पद छाडेपछि प्रदेशसभाको बैठकबाट बाहिर रहेको कांग्रेस पहिलो पटक सोमबारको बैठकमा सहभागी हुन लागेको हो ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रदेश प्रमुखले नीति तथा कार्यक्रममा सम्बोधन गर्ने र कांग्रेसको सहभागिता रहनेछ ।

केन्द्रले समय बैठकमा सहभागिता जनाउन निर्देशन दिएको बताउँदै प्रमुख सचेतक तामाङले सोमबार बिहान संसदीय दलको बैठक बसेर अपरान्हको प्रदेशसभा बैठकमा उपस्थित हुने प्रस्टाए।

उनले भने, ‘हामीले अघिल्लो बैठक बहिष्कार गरेपनि नीति तथा कार्यक्रम बहिष्कार गर्दैनौं । बैठकमा सहभागी हुन केन्द्रले नै निर्देशन जारी गरेको छ। त्यही अनुसार अघि बढ्छौं।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठन विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको जनाउँदै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो ।

सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी सरेपछि कांग्रेस प्रदेशसभा बैठकमा सहभागी हुने भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको