काठमाडौं, जेठ १७ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले आज घरेलु टोलीसँग वार्मअप म्याच खेल खेल्दैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति ९ः३० बजे सुरु हुनेछ ।
नेपालले यसअघि आफ्नो पहिलो खेल क्यानडासँग खेलेको थियो । उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो ।
नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेलेर विश्वकप यात्रा सुरु गर्नेछ ।
जुन ११ मा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशसँग खेल्नेछ ।









