काठमाडौं जेठ १३ । काठमाडौं उपत्यकामा प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौंमा आज बिहानैदेखि मौसम प्रतिकुल बन्दै गएको छ ।










