काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरेअनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्ने सुरू गर्न लागेको हो।
आइतबार दिउँसो २ बजे काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन सुरु हुने बताइएको छ । केन्द्रीय कार्यसमितिका नेताहरुको सहभागिता हुनेछन्।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरी पीडितको पक्षमा संसद र सडकबाट आवाज उठाउने निर्णय गरेको थियो ।
सोही अनुसार कांग्रेसले सातवटै प्रदेश र जिल्लामा प्रदर्शन गर्ने भएको छ । सेतोपाटी









