भारतको लोकसभा पाँच चरण मतदान प्रक्रिया सम्पन्न भइ, आज छैटौं चरणको मतदान


काठमाडौँ, जेठ १२ ।  भारतमा लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया सम्पन्न भएको छ । छैटौं चरणको निर्वाचन आज हुँदैछ । छैटौं चरणमा आज आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि मतदान हुँदैछ।

यी राज्यबाट कुल ८८९ जना उम्मेदवार चुनावी मैदानमा छन्। छैटौं चरणका लागि संसदीय क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत संख्या १५ रहेको छ ।

आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारीलगायत धेरै हाई प्रोफाइल उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

त्यस्तै, धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रीय मन्त्रीहरू पनि चुनावी मैदानमा छन् ।

आज हुने छैटौं चरणको निर्वाचनमा आज उत्तर प्रदेशका १४, हरियाणाका १०, बिहारका ८, पश्चिम बंगालका ८, दिल्लीका ७, ओडिशाका ६, झारखण्डका ४ र जम्मु कश्मीरको १ सिटमा मतदान हुँदैछ । इ-कागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको