काठमाडौं, जेठ ११ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डेलगायत सहभागी छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी बचत हिनामिनाको छानबिनका लागि नयाँ प्रस्ताव राखेपछि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा सामेल भएका छन् ।
सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको हो । बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने नेताहरूले बताएका छन् ।
दुवै पक्षको प्रस्तावबाट मध्यस्थता निकालेर सदनको अवरोध हट्ने उनीहरुको भनाइ छ । समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने या नतोक्ने भन्ने विषयमा सत्ता र प्रतिपक्षबीच विवाद छ । रातोपाटि









