जेठ १० । बलिउड अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन् ।
मे २१ मा नरेन्द्र मोदी स्टेडियममा आईपीएल खेल हेर्न पुगेका शाहरुखलाई गर्मीका कारण स्वास्थ्यमा समस्या भएको देखिएको थियो । उनलाई अहमदाबादको नजिकैको अस्पतालमा भर्ना गरिएको थियो।
हालै अभिनेत्री जुही चावला उनलाई भेट्न अस्पताल पुगेकी थिइन् । जुहीले शाहरुखको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भनिन्, ‘हिजो राती उनको स्वास्थ्यमा समस्या देखिएको थियो । तर अहिले उनको स्वास्थ्यमा सुधार आएको छ।
भारतीय मिडिया दैनिक जागरणका अनुसार शाहरुख आज डिस्चार्ज हुँदैछन् । उनी आईपीएलमा आफ्नो टिम केकेआरलाई सपोर्ट गर्न नरेन्द्र मोदी स्टेडियम पुगेका थिए ।










