काठमाडौँ, चैत ५ गते ।
पूर्वसभामुख समेत रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुस्लिमको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
‘महरा सर खाना खान जानु भएको थियो, त्यही बेला उनलाई हिरासतमा लिइयो’, स्रोतले भन्यो ।
महरालाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ।
महरालाई सोमबार बिहानैदेखि प्रहरी निगरानीमा राखिएको थियो ।
उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ । महरालाई विमानस्थल पुर्याइसकिएको छ ।
यती एयरलाइन्सको विमानबाट उनलाई काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।
महरामाथि सुन तस्करीमा संलग्नता रहेको आरोप छ ।
सुन तस्करी जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले उनलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सुन काण्डमा महराका छोरा राहुल पनि हिरासतमा छन् ।
(सेतोपाटी)











